सामसङ नेपालले ग्यालेक्सी ए ५७ र ग्यालेक्सी ए ३७ फाइजी स्मार्टफोन सार्वजनिक गरेको छ
April 19, 20261 min read
सामसङ नेपालले ग्यालेक्सी ए ५७ र ग्यालेक्सी ए ३७ फाइजी स्मार्टफोन सार्वजनिक गरेको छ
Advertisement
६ वैशाख, काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी ए ५७ र ग्यालेक्सी ए ३७ फाइजी स्मार्टफोन सार्वजनिक गरेको छ । ग्यालेक्सी ए सिरिजलाई थप विस्तार गर्दै कम्पनीले उन्नत क्यामेरा तथा फिचरसहित फोन उपलब्ध गराइएको जनाएको छ ।
साथै कम्पनीले अब १२ महिनाको ईएमई (किस्ताबन्दी) योजनालाई अपग्रेड गर्दै २४ महिनासम्म बनाएको छ ।यी फोन ईएमआई सुविधा लिएर ग्राहकले खरिद गर्न सक्ने कम्पनीको भनाइ छ । फाइनान्सियल सुविधा हुलास फिन सर्भ हायर पर्चेजले उपलब्ध गराउनेछ । यसका लागि नागरिकता मात्रै भए पुग्ने र प्रक्रिया झन्झटमुक्त रहेको कम्पनीको भनाइ छ ।
ए ५७ फोन दुई भेरियन्टमा उपलब्ध रहेको छ । जसमा १२/ २५६ जीबीको मूल्य ८९ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यस्तै ८/२५६ जीबीको अर्को भेरियन्टको मूल्य ८४ हजार ९९९ रुपैयाँ तोकिएकोछ ।ए ३७ फोन तीन भेरियन्टमा उपलब्ध छ । जसमा ८/२५६ जीबीको मूल्य ७२ हजार ९९९ रुपैयाँ, १२/२५६ जीबीको ७९ हजार ९९९ रुपैयाँ र ८/१२८ जीबीको मूल्य ६४ हजार ९९९ रुपैयाँ तोकिएको छ । यी सबै फोन किस्ताबन्दीमा पनि किन्न पाइने कम्पनीले स्पष्ट पारेको छ ।
चीनद्वारा आफ्नो आन्तरिक बजारलाई प्राथमिकता दिँदै रासायनिक मलको निर्यातमा व्यापक कटौती