यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट पूर्ण रूपमा बाहिरिएको छ।
October 14, 20261 min read
यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट पूर्ण रूपमा बाहिरिएको छ।
Advertisement
काठमाडौँ।
यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट पूर्ण रूपमा बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार (असोज २८ गते) दिउँसो २ बजे मनसुन बहिर्गमनसम्बन्धी विशेष बुलेटिन जारी गर्दै मनसुन नेपालबाट बिदा भएको औपचारिक घोषणा गरेको हो।
महाशाखाका अनुसार यस वर्ष असोज १७ गतेदेखि सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका पश्चिमी भूभाग र गण्डकी प्रदेशका केही स्थानबाट मनसुन बाहिरिन सुरु भएको थियो।
सामान्यतया नेपालमा मनसुन बाहिरिने सरदर (औसत) मिति अक्टोबर २ मानिन्छ। तर, यस वर्ष भने सरदर मितिभन्दा १२ दिन ढिलो गरी अक्टोबर १४ मा मात्रै मनसुन पूर्ण रूपमा बाहिरिएको विभागले जनाएको छ।
मनसुन पूर्ण रूपमा बाहिरिए तापनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव अझै रहन सक्ने सम्भावना छ। त्यसैले मौसममा आउन सक्ने सम्भावित परिवर्तनबारे सजग रहन र मौसमसम्बन्धी पछिल्लो सूचना नियमित रूपमा लिन महाशाखाले सर्वसाधारणका साथै सम्बन्धित निकायहरूलाई अनुरोध गरेको छ।
मौसमसम्बन्धी थप तथा अध्यावधिक जानकारीका लागि मौसम पूर्वानुमान महाशाखाको टोल फ्री नम्बर ११५५ वा विभागको आधिकारिक वेबसाइट www.dhm.gov.np/mfd मार्फत सम्पर्क गर्न सकिने महाशाखाले जनाएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा अर्चना