››

मध्यपुर थिमि नगरपालिका वडा ७ नगदेश स्थित नेवा एतिहासिक सांस्कृतिक भजन खलले यस बर्ष एतिहासिक पुलुकिसी नाच यहि माघ १६ गते गर्ने भएको छ । खल ले सोमबार नगदेश लाछी टोल स्थित गणेश मन्दिर परिसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिएको हो । कार्यक्रममा यस बर्षको पुलुकिसी नाचमा नगदेश निवासी युवा जेनिस बाडेले नवराजको भूमिका निभाउने पनि जानकारी दिएको थियो ।
Get the top stories from Nepal delivered to your inbox every morning.